काठमाडौं । पोखरा महानगरपालिकाका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराल पक्राउ परेका छन् ।
घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनेक्रममा घुस लिएको आरोपमा उनी मंगलबार पक्राउ परेका हुन् ।
अख्तियारका अनुसार गतचैत २८ गते पक्राउ परेका सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियङका सुरज कुँवरमाथि अनुसन्धान गर्नेक्रममा बराल पनि पक्राउ परेका हुन् ।
उनीहरु एक लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । उनीहरुले एउटै काममा पटकपटक घुस लिएको बताइएको छ ।






प्रतिक्रिया