काठमाडौं । सुनको भाउ स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च विन्दुमा पुगेको सुनको मूल्य केही दिनयता स्थिर भएको हो ।
यस्तै, वैशाख ५ गते, बुधबार चाँदीको भाउ भने घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा करोबार भइरहेको छ ।
यसअघि मंगलबार भने सुनको मूल्यले एक हजार ७०० रुपैयाँले बढेको थियो । जुन अहिलेसम्मकै नयाँ रेकर्ड हो ।




प्रतिक्रिया