काठमाडौं । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत खेलमा आज हङकङसँग खेल्दै छ ।
आज ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने खेल बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ ।
नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार शुरुवात गर्दै यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ ।
यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको छ ।








प्रतिक्रिया