दक्षिण कोरियाको संसदीय चुनावमा डेमोक्रेटिक पार्टीको गठबन्धनको जित

काठमाडौं । दक्षिण कोरियाको संसदीय चुनावमा डेमोक्रेटिक पार्टीको गठबन्धनले जित हासिल गरेको छ ।

बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टीसहितको गठबन्धनले १७५ सिट जितेको हो ।

त्यस्तै, राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी १०९ सिटमा चित्त बुझाएको छ ।

प्रतिक्रिया