दूधकोसीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

काठमाडौं । भोजपुरको आमचौक गाउँपालिका १० स्थितमा दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आमचोक ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको बुधबार दिउँसो १ बजे दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया