इलाम दुईमा हुने उपचुनावका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौं । आगामी वैशाख १५ वैशाखमा इलाम २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ ।

कांग्रेसको इलाम २ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका
छन् । प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ ।

पहिलो नम्बरमा सिफारिस भएका आचार्य कांग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित उम्मेदवार हुन् ।

प्रतिक्रिया