गोली प्रहार गर्ने तीनजना सार्वजनिक

काठमाडौं । रौतहटको भारतीय सिमानामा खाप चोकमा शिवमनी ट्रान्सफरका सञ्चालक नितेस साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय पक्राउ परेका छन् ।

लुटपाटपछि गोली प्रहारको घटनामा संलग्न तीन जना भारतीय अपराधीलाई स्थानीयको सहयोगमा शुक्रबार रौतहट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा शनिवार दिउसो पत्रकार सम्मेलन मार्फत अपराधीहरूलाई सार्वजनिक गरेको हो।

घाइते नितेसलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि एलएस न्यूरो परवानीपुरमा पठाइएको थियो। उनको सघन उपचार कक्ष (आइस्यू) मा उपचार गर्न पठाइएकोमा उनको आँखामा समस्या देखिएकोले तिलगंगा अस्पताल काठमाडौँ रेफर गरिएको छ ।गम्भीर घाइते नितेसको अवस्था स्थिर रहेको प्रवक्ता डिएसपी गिरीले बताइन्।

अपराधीहरू घटना लगतै सीमापारी भाग्ने आशङ्कामा तत्कालै सीमा क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएकोमा स्थानीयहरूले लखेट्दै दशगजा क्षेत्रबाट तिनै जना अपराधीलाई नियन्त्रणमा लिएको बताइन् ।

प्रतिक्रिया