काठमाडौं । मानिस आफ्नो विभिन्न भावनात्मक अवस्थालाई कराएर, रोएर, भावनात्मक बनेर प्रकट गर्दछ ।
यो कुनै नौलो कुरा मानिँदैन तर बिरुवाहरु पनि रुन्छन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । यद्यपी वैज्ञानिकहरुले हालै अनुसन्धानमार्फत बिरुवाहरु रुने तथ्य उजागार गरेका छन् ।
जसरी मानिसलाई शारीरिक र भावनात्मक रुपमा दुःख, तनाव वा पीडा हुँदा रुने गर्दछ बिरुवाहरुले पनि अनुकूल अवस्था नहुँदा रुने गरेको तथ्य खुलेको हो । बिहीबार जर्नल सेलमा प्रकाशित एक अनुसन्धानात्मक लेखले बिरुवाहरु तनावपूर्ण स्थितिमा रहँदा सुनिने किसिमको आवाज निकाल्ने उल्लेख गरेको छ ।
हुन त चोट परेको बिरुवाहरुले मानिस तनावमा हुँदा जस्तो मम्ब्लिङ गरेर रुने नभइ बिरुवाको भास्कुलर सिस्टममा रहेको बबल फुटेर सक वेभ निकाल्ने र रोएको सुनिन सकिने अनुन्धानले दाबी गरेको न्यूयोर्क टाइम्समा उल्लेख छ ।
अनुसन्धानमा संलग्न तेल अभिभ विश्वविद्यालयका जीवशास्त्री अलिच हादानीले भनिन्, ‘धेरैजसो बिरुवाको आवाज पानीको बुलबुल जस्तो धेरै नजिकैको व्याख्या हो ।’ बिरुवाले नियमित आवाज निकाल्ने अन्य जीवजन्तुहरुसँग समेत अन्तरक्रिया गर्ने(मौरीको आवाज(अन्य रुपसँग पनि सञ्चार गर्छन्, जसले रसायन निकाल्छन् । ‘एउटा खुला प्रश्न जसले मलाई अचम्मित बनायो’, डा। हादानीले भनेकी छन्, ‘के बिरुवा र आवाज समस्या थियो ?’
जब उनले तेल अभिभ विश्वविद्यालयमा चमेरोको आवाजबारे अध्ययन गरिरहेका योसी योभलसँग भेटिन् उनीहरुले बिरुवाको आवाजबारे अध्ययन गर्ने निर्णय गरे । त्यसैअनुरुप उनीहरुले टमाटर र सुर्तीको बिरुवामा अनुसन्धान गर्न केन्द्रित भए किनकी यी बिरुवाहरु हुर्काउन सजिलो र अनुवंशिक गुणहरु बुझ्न सजिलो हुने उनीहरुको बुझाइ छ ।
उनीहरुले अनुसन्धानका क्रममा अन्य बिरुवाहरु पनि प्रयोग गरेका थिए । बिरुवाहरुलाई काठको साउण्डप्रुफ बक्स भित्र माइक्रोफोनस् प्रयोग गरेर जस्तोसुकै आवाजको रेकर्ड गर्न सकिने गरी राखे । बिरुवाहरुले आवाज निकाल्ने मात्रै नभएर जब विभिन्न किसिमको तनावपूर्ण अवस्था जस्तै पानी नपुग्नु ९डिहाइड्रेसन० वा हाँगाहरु काटिनु जस्ता अवस्थामा झन् ठूलो आवाज हुने अनुसन्धानले देखाएको छ ।
अनुसन्धानकर्ताहरुले ग्रीन हाउसमा पनि बिरुवाहरुको उस्तै आवाज रेकर्ड गर्न सफल भएका थिए । जहाँ उनीहरुले अंगुर तथा गहुँ जस्ता बिरुवाहरुको पनि आवाज रेकर्ड गरेका थिए ।
समस्या भएका वा तनाव सिर्जना भएका बिरुवाहरुले आफ्नो पीडा अनियमित ढंगले प्रकट गरेनन् जबकी उनीहरुले पाएको तनावको प्रकारअनुसार भएको देखिएको थियो । भुनभुन आवाज निकाल्ने बिरुवा वास्तवमा तिर्खाएको हो वा काटिएको हो भन्ने मेसिन लर्निङ प्रोग्रामले ७० प्रतिशत सही भन्न सक्ने अनुसन्धानमा भनिएको छ ।








प्रतिक्रिया