काठमाडौं । नेपालमा ई–स्पोट्र्स पूर्वाधार बनाउन पब्जी मोबाइल र वल्र्डलिङ्कबीच साझेदारी भएको छ ।
सहकार्यको महत्त्वलाई जोड दिँदै मोबाइल गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र गेमिङको जोसलाई अझै सशक्त रूपमा पूरा गर्न नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक रहेको वल्र्डलिङ्कका सीईओ केशव नेपालले बताए ।
साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने र गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने विश्वास कम्पनीले लिएको छ ।
वर्डलिकं र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभूतपूर्व कदमको रूपमा लिएको जनाएका छन् ।








प्रतिक्रिया