काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले मेयर कप फुटसल हुने भएको छ । “उत्साह, एकता, र शक्तिस् खेलकूदमा हाम्रो अद्वितीयता” भन्ने मुल नाराका साथ तेस्रो बुढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना माघ २८ र २९ गते हुने भएको हो ।
वडा नं ०७, गल्फुटार स्थित चौर फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिन पाउने छन् । नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईका अनुसार नगर खेलकुद गतिविधिलाई सक्रिय बनाउने र नगरपालिकामा रहेका खेलाडि तथा क्लबहरुको प्रोत्साहन गर्ने मुल उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
“फुटसल खेलमा सक्रिय रहेका नगरपालिकाको बिभिन्न वडामा रहेका समुहहरुलाई यस प्रतियोगिता मार्फत एकै मैदानमा समेटि खेल माध्यम बाट एकताको भावना सिर्जना गर्ने मुल सोच हो”, उपाध्यक्ष भट्टराईले भने ।
खेल प्रति समर्पित युवाहरुलाई एकबद्द गरी यस नगरपालिकाको एउटा फुटसल टिम तयार गरी अन्य स्थानमा आयोजना हुने प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकाको नामबाट सहभागिता जनाई यस नगरको नाम उच्च राख्ने प्रयास गर्न खोजिएको हो ।
यस प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क लाग्ने छैन । प्रतियोगिताको खेल संयोजक एवं नगर युवा परिषद् सदस्य दिपक तामाङको अनुसार प्रतियोगिता ‘ए’ साइड ढाँचामा सञ्चालन हुन्छ । यसको सम्पुर्ण खेलहरू नकआउट चरणमा खेलाईने उहाँले जानकारी दिए ।
प्रतियोगिताको विजेतालाई नगद ७५ हजार र उपविजेतालाई ३५ हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
समुह दर्ता मिति यहि माघ २२ गते सम्म रहेको हुनाले ईच्छुक सम्पुर्ण टिमलाई बुढानीलकण्ठ नगरपालिका स्थित नगर युवा परिषदको कार्यालयमा सम्पर्क गरी दर्ता गर्नुहुन आयोजकले जानकारी दिएको छ ।




प्रतिक्रिया