टी–२० विश्वकप छनोट फाइनलमा नेपालले गुमायो पहिलो विकेट

काठमाडौं । टी–२० विश्वकप छनोट फाइनलमा नेपालले पहिलो विकेट सस्तैमा गुमाएको छ ।

बिलाल खानको बलमा आसिफ शेख आउट भएका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले तेस्रो ओभरको चौथो बलमा विकेट गुमाएको हो । आसिफले ६ बलमा ६ रन बनाए । उनले एक छक्का हानेका थिए ।

१५ रनको अवस्थामा पहिलो विकेट गएपछि तेस्रो नम्बरमा सन्दीप जोरा क्रिजमा आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार