काठमाडौं । नेपाल आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ ।
एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा छनोट भएको हो ।
नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी–२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म खेलेको यही एकमात्र विश्वकप हो ।
आगामी टी–२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।
मूलपानी क्रिकेट मैदानमा भएको एसियाली छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध शानदार बलिङ गर्दै जीतको आधार तयार गरेको थियो । टस जितेर ब्याटिङ थालेको यूएईले केवल १३५ रनको लक्ष्य दिएको थियो ।








प्रतिक्रिया