सन्दीपले लिए विरनदीपको विकेट

काठमाडौं । विश्वकप छनोटका क्रममा नेपाल र मलेसियाबीच भएको खेलमा मलेसियाले तेस्रो विकेट गुमाएको छ ।

नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले सो विकेट गुमाएको हो । टस जितेर ब्याटिङ थालेको मलेसियाले ८५ रन जोड्दा तेस्रो विकेट गुमाएको हो ।उनले मलेसियाका ब्याट्सम्यान विरनदिप सिंहलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् ।

सन्दीपले विरनदीप सिंहलाई आउट गरे। विरनदिपले अघिल्लो खेलमा ओमानविरद्ध अर्ध शतक बनाएका थिए । सन्दीपले ११ औँ ओभरको पहिलो बलमा विरनदीपलाई एलबीडब्लु आउट गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार