काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयनका लागि अति नै प्रयास गरिने भएको छ । आइतबार उद्घाटन भएको प्रदेश अधिवेशनको बन्द सत्र सोमबार दिउँसोदेखि सुरू भएको हो ।
बन्द सत्र सुरू हुनुअघि धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल गर्दै राय मागेका थिए ।
एमाले सुदूरपश्चिमका एक नेताका अनुसार महासचिव शंकर पोखरेलले प्रदेश अधिवेशनमा सहमति कसरी खोज्ने प्रयास गरेका छन् ।
‘कसलाई जिम्मेवारी दिँदा पार्टी प्रभावकारी र एकताबद्व हुन्छ भनेर सबैसँग राय, परामर्श गरिरहनुभएको छ,’ उनले भने, ‘उहाँले यो क्षेत्रका सबैजसो नयाँ र पूराना नेताहरूसँग छलफल गर्नुभयो । सहमतिकै प्रयास अन्तर्गत महासचिव सक्रिय बन्नुभएको हो ।’
पोखरेलले नेताहरूसँगको छलफलपछि सहमतिका खाका बनाउने जिम्मा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई दिएका अर्का नेताले बताए ।


प्रतिक्रिया