कक्रोजको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा

काठमाडौं । भारतको राजधानी दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कक्रोच जनता पार्टीको आह्वानमा शनिबार हुन लागेको प्रदर्शन रोक्न दिल्ली मेट्रोका ४५ वटा स्टेसन बन्द गरिएका छन् । त्यस्तै, नयाँ दिल्ली र हजरत निजामुद्दिन रेलवे स्टेसनबाट छुट्ने तथा त्यहाँ पुग्ने कम्तीमा २४५ वटा रेल रद्द गरिएको छ ।
‘द इन्डियन एक्सप्रेस’का अनुसार मध्य दिल्लीको ठूलो क्षेत्रमा मोबाइल इन्टरनेट सेवा पनि बन्द गरिएको छ । राजधानीका विभिन्न सडक तथा सहरका सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुका साथै ठाउँठाउँमा ब्यारिकेड राखिएको छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग गर्दै कक्रोच जनता पार्टी र अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनलगायतका संगठनले प्रदर्शनको आह्वान गरेका हुन् । प्रदर्शनका क्रममा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै दिल्लीमा व्यापक सुरक्षा प्रबन्ध मिलाइएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार