काठमाडौं । सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयर वितरणपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर मूल्य समायोजन गरेको छ।
बिहीबारको अन्तिम कारोबार मूल्य ४५९ रुपैयाँ ९० पैसालाई आधार बनाएर बैंकको सेयर मूल्य समायोजन गरिएको हो। बोनस सेयर समायोजनपछि बैंकको मूल्य प्रति कित्ता ४१८ रुपैयाँ ९ पैसा कायम भएको नेप्सेले जनाएको छ।
समायोजन गरिएको मूल्यलाई आधार मानेर बैंकको सेयर कारोबार शुक्रबारदेखि दोस्रो बजारमा खुल्नेछ।
सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएपछि नेप्सेले मूल्य समायोजन गरेको हो। बोनस सेयर थपिएपछि कम्पनीको कुल सेयर संख्या बढ्ने भएकाले त्यसअनुसार बजार मूल्य समायोजन गरिन्छ।

प्रतिक्रिया