जुट मिल पुन सञ्चालन गर्न रास्वपा सांसदको माग

काठमाडौं । रास्वपाकी सांसद निशा डाँगीले विराटनगरको जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भएको बताएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सञ्चालनमा रहेको जुट उद्योग कसरी चलाउने भन्ने विषयमा पनि सरकारको ध्यान जान आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘भारतले नेपाली जुटजन्य वस्तुमा लगाएको एन्टि–डम्पिङ ड्युटी वृद्धि जारी तथा काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसनका कारण नेपाली जुट उद्योगहरू प्रभावित बन्दै गइरहेका छन्। जुट उद्योग बन्द हुँदा हजारौँको रोजगारी गुम्ने मात्रै होइन, कृषकहरूको जुट बाटोमै फाल्नुपर्ने अवस्था सिर्जना हुन गइरहेको छ।’

भारतसँग आवश्यक कूटनीतिक पहल गरी नेपाली जुट उद्योगको संरक्षण गर्नुपर्ने उनको भनाइ छ। औद्योगिक व्यवसाय ऐन बमोजिम रुग्ण उद्योगको पुनरुत्थान प्रक्रिया अघि बढाउन सरकारसँग माग गरिन्। सरकारले बन्द उद्योग खुलाउने मात्रै नभई खुलेका उद्योग टिकाउने गरी काम गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार