काठमाडौं । नेकपाकी सांसद पार्वती विकले संघीय संसद्को दुवै सदनमा भोटेकोसी विपद्सम्बन्धी छुट्टा–छुट्टै संसदीय विशेष समिति बनाउन नहुने बताएकी छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रियसभाका सांसदलाई पनि समेटौँ भन्दा पहिले सत्तारुढ रास्वपाले नमानको बताइन् ।
अहिले राष्ट्रियसभाबाट समिति बनाउन लागिएको सुनिएको भन्दै उनले दोहोरो समिति बनाउन नहुने बताइन् । सबैको अस्तित्व स्वीकार गरी संयुक्त समिति बनाउन माग गरिन् ।
“एउटै उदेश्य र एउटै काममा संसद्को दोहोरो खर्च नहोस्,” उनले भनिन् ।



प्रतिक्रिया