न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा थप सैन्य कारबाही अघि बढाउने विषयमा आफू ‘ठूलो निर्णय’को अवस्थामा पुगेको बताएका छन् । मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै ट्रम्पले सम्झौता नभए इरानविरुद्ध थप कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।
इरानी प्रतिनिधिमण्डलका सदस्यहरू महासभामा उपस्थित रहेकै बेला ट्रम्पले आफ्नो सम्बोधनको महत्वपूर्ण हिस्सा इरानमाथिको अमेरिकी सैन्य कारबाहीको बचाउमा खर्चिए । उनले इरानलाई आणविक हतियार विकास गर्न नदिने आफ्नो नीति दोहोर्याउँदै वार्ताबाट समाधान खोज्ने सम्भावना खुला राखे । साथै, आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि इरानसँग सम्झौता हुन सक्ने विश्वाससमेत व्यक्त गरे ।
ट्रम्पले इरानका लागि सम्झौता गरेर पुनर्निर्माणको बाटो रोज्ने वा इस्लामिक गणतन्त्रलाई ‘सखाप’ पार्ने भन्ने विकल्प आफूअगाडि रहेको बताएका थिए । उनले इरानलाई थप सैन्य कारबाहीमार्फत ‘नरकमा पुर्याउने’ आशयसमेत व्यक्त गरे ।
ट्रम्पको सम्बोधनमा इरानसँगै रुस–युक्रेन युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) र अमेरिकी विश्वव्यापी भूमिकाका विषय पनि प्रमुख रहे । उनले रुस–युक्रेन युद्ध अन्त्य गर्न आफूले भूमिका खेल्ने बताउँदै एआईको क्षेत्रमा अमेरिकालाई अग्रस्थानमा राख्ने प्रतिबद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय स्तरमा एआईसम्बन्धी थप नियन्त्रण वा नियमन गर्ने प्रयासप्रति भने उनले असहमति जनाए ।
सम्बोधनको सुरुवातमा ट्रम्पले अमेरिकी अर्थतन्त्र, सीमा सुरक्षा र अपराध नियन्त्रणमा आफ्नो प्रशासनले गरेको कामको चर्चा गरेका थिए । उनको सम्बोधनमा घरेलु उपलब्धि र अमेरिकी शक्ति प्रदर्शनका विषयसमेत प्रमुख रूपमा आएका थिए ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा बढ्दो विभाजन र द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय संस्थाहरूको भूमिकामा जोड दिएका थिए । ट्रम्पले भने राष्ट्रसंघको कार्यशैली र अन्तर्राष्ट्रिय संस्थाहरूको आलोचना गर्दै अमेरिकी सार्वभौमिकता र निर्णय क्षमतामाथि बाह्य हस्तक्षेप स्वीकार नगर्ने धारणा राखे ।
इरानमाथिको अमेरिकी सैन्य कारबाही र त्यसबाट उत्पन्न ऊर्जा तथा आर्थिक प्रभावका कारण ट्रम्प प्रशासनमाथि घरेलु राजनीतिक दबाबसमेत बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि ट्रम्पले इरानसम्बन्धी आफ्नो नीति आगामी मध्यावधि निर्वाचनबाट प्रभावित नभएको बताएका छ



प्रतिक्रिया