रवि र सर्वोच्चलाई लिएर यज्ञमणि न्यौपाने र गुरु बरालबीच नोकझोक

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद् यज्ञमणि न्यौपाने र नेकपा एमालेका सांसद गुरु बरालबीच सवाल–जवाफ भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतको विषयलाई लिएर दुई सांसदबीच सवाल–जवाफ भएको हो ।

रास्वपाका सांसद न्यौपानेले सर्वोच्च अदालत परिवर्तनको पक्षमा नदेखिएको भन्दै विगतमा पनि यस्तो देखिएको भनेर प्रश्न उठाएका थिए ।

‘पछिल्ला घटनाक्रमहरु नियाल्दा अदालतले परिवर्तनलाई आत्मसाथ गरेजस्तो महशुस हुँदैन’, उनले भनेका थिए, ‘न्यायालय कस्तो छ भनेर न्यायाधीश, वकिल, कर्मचारी, नेतालाई नसोधौँ । मुद्दा हारेर रन्थनिएको मुद्दावालालाई पनि नसोधौँ । मुद्दा जितेर हातमा फैसला बोकेको बहादुरलाई सोध्नुहोस् । उसले पनि भन्ने छ, यो न्यायालयले न्याय दिँदैन ।’

न्यायालय बोकेर हिँड्दा स्वस्थानीको कथाजस्तै हुने भन्दै टिप्पणी गरे । उनले भने, ‘सतीदेवीलाई महादेवले बोकेजस्तो, ठाउँ ठाउँमा पतन हुँदै जाने हो । तर, मस्तिष्क कहाँ पतन भयो स्वस्थानीमासमेत विवाद छ । यस्तै अवस्थाको अदालत बोकेर हिँड्ने हो भने न्याय कहाँ पतन भयो भन्ने, पत्तै नपाइ हामी सकिन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार