काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फिर्ता भएका छन् ।
आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा ७ दिने भ्रमण पूरा गरी सभामुख घिमिरे आइतबार स्वदेश फिर्ता भएका हुन् ।
सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३१ गते आइतबार आयरल्याण्ड प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा घिमिरेले संविधत्रान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी, आयरल्याण्डस्थित नेपालीहरुसँग छलफल तथा भेटघाट, आयरल्याण्डस्थित माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेटलगायतसँग भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया