काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको इजरायली सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा नेतान्याहूले सो कुरा स्वीकार गरेका हुन् ।
“मैले कतारमाथि आक्रमण गरेँ, युद्धका क्रममा उनीहरूमाथि बमबारी पनि गरेँ र उनीहरूले ममाथि पनि प्रहार गरे,” नेतान्याहुले अन्तर्वार्तामा भनेका छन् ।
यो अभिव्यक्ति सन् २०२५ सेप्टेम्बर ९ मा दोहामा इजरायलले गरेको हवाई आक्रमणको पहिलो वार्षिकीको पूर्वसन्ध्यामा आएको हो । अमेरिकाको मध्यस्थतामा अघि बढिरहेको गाजा युद्धविराम प्रस्तावबारे छलफल गर्न दोहामा भेला भएका हमासका पाँच प्रतिनिधि र एक कतारी सुरक्षा अधिकारी उक्त आक्रमणमा मारिएका थिए ।



प्रतिक्रिया