एसियन गेम्स : नेपाल पुरुष भलिबल टिम पराजित

काठमाडौं । एसियन गेम्समा नेपालको पुरुष भलिबल टिम पराजित भएको छ ।मंगलबार भएको खेल नेपाल बहराइनसँग ३–१ सेटले पराजित भएको हो ।

नेपालले पहिलो सेट जितेको थियो पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो । अब नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ । इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार