काठमाडौंमा दुईतले घर भासियो

काठमाडौं । काठमाडौंमा साढे दुई तले घर भासिएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३, बाँसबारीमा रहेको उक्त घर भासिएको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार (भदौ ४) बेलुका करिब ८ बजे उक्त घर भासिएको हो ।

उक्त घरमा न्यु गण्डकी गेष्ट हाउस सञ्चालनमा थियो । महानगरपालिकाले वर्षाका घर भासिएको जनाएको छ ।

यो घरमा अहिले कोही नरहेकोले मानवीय क्षतिको जोखिम भने नरहेको महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार