एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई 

काठमाडौं । भारतले एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि  जितेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा कजाकस्तानलाई हराउँदै भारतले  उपाधि चुमेको हो ।

एकपक्षीय फाइनल खेलमा भारतले कजाकस्तानलाई ३—० सेटले पराजित गर्‍यो ।

फाइनल खेलमा भारत २५—१५, २५—२२, २५—१८ अंकले विजयी भयो । प्रतियोगितामा नेपाल तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३—१ सेटले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार