अमेरिकी सेनाले सोमबार राति पनि इरानमाथि हमला जारी राखेको छ । अमेरिकाले इरानमाथि नवौँ दिन पनि हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानका कमाण्ड सेन्टर, एयर डिफेन्स सिस्टम, मिसाइल र ड्रोन लन्च साइट, समुद्री सम्पत्ति तथा सञ्चार सञ्जालहरूलाई निसाना बनाइएको छ।
अमेरिकी सेनाले इरानको दक्षिण–पश्चिमी सहर खुर्मोज, बुशहर, र होर्मोजगानका साथै उत्तर–पश्चिमी सहर तबरीजमा समेत हमला गरेको छ। चाबहार र बन्दर इमाम जस्ता महत्त्वपूर्ण बन्दरगाह सहरहरू पनि निसानामा परेका छन्।
हमलापछि उत्तर–पश्चिमी इरानको ’तबरीज मिसाइल फिल्ड’ मा आगलागी भएको खबर छ। स्थानीय बासिन्दाका अनुसार अमेरिकी हमलालगत्तै उक्त मिसाइल केन्द्रमा आगो दन्किएको थियो। यो मिसाइल केन्द्र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को एयरोस्पेस फोर्सले सञ्चालन गर्दै आएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले होर्मुज जलमार्गलाई युद्धमा दबाब सिर्जना गर्ने हतियार बनाएको बताउँदै विश्वका अन्य राष्ट्रहरूलाई पनि यस जलमार्गको सुरक्षाका लागि उपकरण वा कोषको रूपमा योगदान गर्न अपिल गरेका छन्।








प्रतिक्रिया