अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वकप विजेता

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेनले विश्वविजेता बनेको छ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा १०६ औँ मिनेटमा स्पेनका फेरान टोरेसले गोल गर्दै टोलीलाई विश्वकप जिताएका हुन् ।

स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्ने दौडमा छ । निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको थियो । खेलको इन्जुरी समयमा अर्जेन्टिनाको एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा थियो । अर्जेन्टिना छैटौँपटक फाइनल खेलेको हो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ को विश्वकपको उपाधि जितेको हो ।

प्रतिक्रिया