फिफा विश्वकप २०२६ को विजेता टोली स्पेनका कप्तान रोड्रीले गोल्डेन बल जितेका छन् । आफ्नो टोलीलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जितेका हुन् ।
रोड्रीले स्पेनको कप्तानीसँगै मैदानमा मिडफिल्डको नेतृत्वदायी भूमिका निर्वाह गरी बल कन्ट्रोल गर्दै अट्याकिङमा समेत योगदान दिएका थिए ।
अर्जेन्टिनाका कप्तान मेसीले शिल्भर बल जिते । फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल जिते ।
यस्तै, स्पेनका गोलकिपर उनाई सिमोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जित्दा स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।
विश्वकपभर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड हात पारे । एमबाप्पे लगातार दुई पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी बने ।
फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेन दोस्रो पटक फिफा विश्वकप उपाधि जित्न सफल भएको हो ।







प्रतिक्रिया