अब राइड सेयरिङले अनिवार्य प्यान प्रयोग गर्नुपर्ने

सरकारले राइड सेयरिङ चालकलाई करको दायरामा समेट्न अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ ।

आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा ७८ तथा आयकर नियमावली २०५९ को नियम २३ ले निर्धारण गरेको प्रावधान उद्धृत गर्दै राइड सेयरिङ चालकका लागि प्यान नम्बर अनिवार्य गरिएको जानकारी गराएको छ ।

विभागको सूचनामा छ, ‘राइड सेयरिङ सेवा सञ्चालन गर्ने कुनै व्यक्ति (राइड सेयरिङ अपरेटर) को प्ल्याटफर्ममा आबद्ध भई सेवा प्रदान गर्ने व्यक्तिले अनिवार्य स्थायी लेखा नम्बर लिएरमात्र कारोबार गर्नू गराउनू हुन सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार