सुनको मूल्यमा गिरावट

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा ४०० रुपैयाँले कमी आएको हो।

शुक्रबार प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। शुक्रबार चार हजार ६१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँले घटेर चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया