१२ विषयगत समितिका सभापति चयन गर्न बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक बस्दै छन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो ।

प्रतिनिधिसभाको अर्थसमितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटा, राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखासमितिको सभापतिमा भरतबहादुर खड्काको मनोनयन दर्ता भएको छ।

महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गुरुप्रसाद बरालको मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया