भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको अवस्थामा करिब पाँच दिनको मात्रै माग धान्न सक्ने देखिएको छ ।
बीबीसीको विश्लेषणअनुसार कुल भण्डारण क्षमताको एक–तिहाइभन्दा बढी हिस्सा अझै खाली रहेकाले यस्तो अवस्था देखिएको हो ।
सन् २०२५ मा सार्वजनिक गरिएको भारतको नियन्त्रक तथा महालेखा परीक्षक (सीएजी)को अडिट प्रतिवेदनले पनि यी भण्डारण संरचनाहरू वर्षौंदेखि पूर्ण रूपमा प्रयोग नभएको उल्लेख गरेको छ ।
हालै इन्धन अभावको आशंकाले भारतका विभिन्न सहरहरूमा सर्वसाधारणबीच आत्तिएर किनमेल गर्ने प्रवृत्ति बढेको छ।


प्रतिक्रिया