२०४६ यताका सबै भ्रष्टाचार काण्डको छानबिन हुन्छ : रवि

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले २०४६ यताका सबै भ्रष्टाचार काण्डको छानबिन हुने कुरा दोहोर्‍याएका छन् । मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

‘२०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ,’ लामिछानेले भने, ‘प्रतिशोध हुँदैन हिसाब हुन्छ ।’ लघुवित्त, सहकारी लगायतका समस्यामाथि पनि छानबिन हुने उनले बताए ।

‘जति पनि लघुवित्त, सहकारी लगायतका जति पनि समाधान निकाल्न नसकेर आरोपमाथि आरोप लगाएर, यसलाई समस्याग्रस्त बनाएर राख्ने तर समाधान गर्न नसक्नेहरूलाई यहीबाट भन्न चाहन्छु–रवि लामिछानेलाई थुन्नबाहेक कुनै मान्छेले एक रुपैयाँ पायो ? पाएन,’ उनले भने ।

आरोप आफूलाई लगाए पनि रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता दिन सुरु गर्ने उनले दाबी गरे ।

प्रतिक्रिया