काठमाडौं । काठमाडौ महानगरकी कार्यबहाक नगरप्रमुख सुनीता डंगोलले अब धरहरा क्षेत्रकाे पार्किङको व्यवस्थापन काठमाडौं महानगरले गर्ने बताएकी छन् ।
उनका अनुसार शुक्रबार धरहरा क्षेत्रमा बसेको नेपाल सरकार र काठमाडौं महानगरबीचको छलफलमा धरहरा क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई नै दिने सहमति भएको हो ।
नयाँ सहमतिअनुसार धरहराभित्र रहेको पार्किङ सञ्चालन र व्यवस्थापनको काम अब महानगर प्रहरी बलले गर्नेछ । त्यसको सुरक्षासहितका बाँकी प्रबन्ध पनि नगरप्रहरीले नै गर्ने भएको छ ।
बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नको लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विश्लेषण गर्न समिति गठनको निर्णय भएको छ । जसका लागि अध्ययन, विश्लेषण र सुझावसहितको प्रतिवेदन पेस गर्न सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले तोकेका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय भएको छ ।





प्रतिक्रिया