काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा सम्पन्न जनमत संग्रहलाई ‘धोका र नाटकको चुनाव’ भनेकी छन् ।
उनको पार्टी अवामी लिगले सामाजिक सञ्जालमा बयान जारी गर्दै शुक्रबार सम्पन्न आमनिर्वाचनलाई ‘धोका र नाटकको चुनाव’ को संज्ञा दिएको हो ।
जारी बयानअनुसार हसिनाले निर्वाचनबारे मतदान केन्द्रहरूमा मतदाता नभएका र मतगणना (काउन्टिङ) टेबलमा मतहरू देखिएको बताएकी छन् ।
‘१२ फेब्रुअरीमा देशले पहिले नै तय भएको धोका र नाटक रचिएको चुनाव देख्यो’, हसिनाले भनेकी छन्, ‘यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा एक लज्जास्पद अध्यायको रूपमा दर्ज हुनेछ ।’






प्रतिक्रिया