मुग्लिन–नारायणगढ सडकखण्डमा कुनै अवरोध छैन : प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा कुनै अवरोध नरहेको जनाएको छ ।

प्रहरीले आज बिहानको अवस्था उल्लेख गर्दै उक्त सडकखण्डमा कुनै अवरोध नभएको सूचना दिएको हो । साथै, प्रहरीले सडक अनुसाशन पालना गरी सावधानीपूर्वक यात्रा गर्न पनि अनुरोध गरेको छ ।

‘बिहान ६ बजेबाट नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु हालसम्म कुनै अवरोध नरहेको । यस खण्डमा पहिरोकाे जाेखिम कायमै रहेकाले कृपया सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरूलाई हार्दिक अनुराेध गर्दछौँ’, सूचनामा भनिएको छ ।

निरन्तरको वर्षापछि सम्भावित जोखिमलाई मध्यनजर गरेर सरकारले राजमार्ग र मुख्य सडकखण्ड बन्द गरेको थियो । अहिले सडकखण्डहरू सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया