२०७२ को संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्दै प्रदर्शन

काठमाडौं । जेएनजी समूहको आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्वमा सरकार अघि बढिरहेको अवस्थामा २०७२ सालको संविधान नमान्ने बताउँदै प्रदर्शन भएको छ ।

शुक्रबार राजावादी समूहले २०७२ को संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्ने नारा सहित संविधान खारेजको माग राख्दै प्रदर्शन गरेका हुन् ।

शुक्रबार संविधान दिवसका अवसरमा उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया