एभरेष्टले २० प्रतिशत लाभांश दिने

काठमाडौँ । एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

भदौ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

घोषित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश ९करसहित० रहेको छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रतिक्रिया