माछापुछ्रे बैंकको साधारण सभा असोज १०मा

काठमाडौं। माछापुच्छ्रे बैंकले असोज १० मा बस्ने गरी पोखरामा २७औं वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नेछ।

साधारणसभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनी समूहमा रिक्त सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्तलगायत प्रस्ताव पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ २७ मा बुक क्लोज गरिने बैंकको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार