काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको केही स्थान र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान र बाँकी पहाडी र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।






प्रतिक्रिया