भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक भुटानसँग खेल्दै छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।
नेपाल र भुटान आ-आफ्नो पहिलो खेलमा पराजित भएका छन् । दुवै टोली आज जितको खोजीमा हुनेछन् ।
नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने भुटानले बंगलादेशसँग ३-१ को हार बेहोरेको थियो।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएपनि पहिलो खेलमै नेपाललाई ठुलो धक्का लागेको छ ।
अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् ।
प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।
आजै हुने अर्को खेलमा भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।








प्रतिक्रिया