कोशी प्रदेश : मुख्यमन्त्रीको जिम्मेवारी कार्कीलाई नै

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् ।

प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा ९३० बमोजिम सो जिम्मेवारी तोकेका हुन् ।

 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २४ पुस २०७९ मा नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम १४ असार २०८० मा कोशी प्रदेशसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम १५ असार २०८० मा पारित हुन नसकेको भन्ने बेहोराको पत्र कोशी प्रदेशसभामुख बाबुराम गौतमले प्रदेश प्रमुख खापुङ्गलाई बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार