काठमाडौं । असोज ५ र ६ गते नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।
शुक्रबार बसेको क्यानको केन्द्रीय कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले साउन १० गतेसम्ममा सदस्यता वितरण गर्न जिल्ला संघहरुलाई जिम्मेवारी दिएको छ । बैठकले साउन मसान्तसम्म जिल्ला निर्वाचन, भदौ १० गतेसम्ममा प्रदेश निर्वाचन गर्ने पनि भनेको छ ।








प्रतिक्रिया