काठमाडौं । आगामी आर्थिक वर्षका लागि कुल खर्च रु. १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छु। कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ रु. ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको छ। यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको छ। कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु. ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरेको छु।
३८१.आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट रु. ५३ अर्ब ४५ करोड व्यहोर्दा रु. ५ खर्ब ९५ अर्ब ६६ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब ३३ अर्ब ६६ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।
बजेटका प्राथमिकता
(क)उच्च, दिगो एवम् फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने,
(ख)उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने,
(ग)आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने,
(घ)सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने र
(ङ)गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने।
बजेटका प्राथमिकता देहायबमोजिम छन्ः
(क)उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि,
(ख)प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,
(ग)सामाजिक क्षेत्रमा गुणात्मक सुधार,
(घ)सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र
(ङ)नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार।



प्रतिक्रिया