काठमाडौँ। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा कार्यरत सब-इन्जिनियर कुमार पौड्यालविरुद्ध ३ करोड ६३ लाख २१ हजार रुपैयाँ भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै, उनले पदीय मर्यादाविपरीत कार्य गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको जनाएको छ।
आयोगका अनुसार पौड्यालले २०५१ साल वैशाख ९ देखि २०८० साल असार ३१ सम्मको अवधिमा उल्लेख्य सम्पत्ति आर्जन गरेका थिए, जुन उनको वैधानिक आय स्रोतबाट पुष्टि हुन नसक्ने दाबी गरिएको छ।








प्रतिक्रिया