काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह अनिवार्य अवकाशमा गएका छन्।
निजामती सेवामा ३८ वर्ष सेवा गरेका सिंह ५८ वर्षे उमेर हदका कारण बुधवारदेखि सेवा निवृत्त भएका हुन्।
२०७९ असार ६ गते सचिवमा पदोन्नति भएका सिंहले करिब तीन वर्ष सचिवको जिम्मेवारी सम्हालेका थिए। सचिवकालमा उनले कोशी प्रदेशको प्रमुख सचिवदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा समेत कार्यभार सम्हालेका थिए।
उनको अवकाशसँगै हाल एक सचिव पद रिक्त भएको छ।








प्रतिक्रिया