एचआईडीसीएलबाट चाइनालाई बिदा गरेर भारत भित्र्याउने रणनीति

काठमाडौं । लगानी बोर्डले पावर चनाइनालाई स्पष्टीकरण सोध्ने भएको छ ।

आइतबार बसेको नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी सँग मिलेर आयोजना बनाउन गरेको सम्झौता र कार्ययोजनाअनुसार काम अघि नबढेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

तीन वर्षअघि चिनियाँ राष्ट्रपति सि जिन फिङ नेपाल भ्रमणमा रहेका बेला पावर चाइनाले यो आयोजनामा ७४ प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको थियो ।

एचआईडीसीएलले लगानी बोर्ड, नेपाललाई आयोजना बनाउन पावर चाइनासँग २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्तरता नदिन औपचारिक आग्रह गर्दै पत्र लेखेको थियो । त्यसकै आधारमा लगानी बोर्डले यसबारे स्पष्ट गर्न पावर चाइनालाई पत्र पठाउने निर्णय गरेको हो ।

साथै, लगानी बोर्ड नेपालले ६७९ मेगावाटको तमोर जलाशययुक्त आयोजना बाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रिया अघि बढाएको बुझिएको छ ।

प्रधानमन्त्री भारतको औपचारिक भ्रमण हुनुपूर्व भएको यो निर्णयलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया