संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न दबाब दिँदै कर्मचारीहरूद्वारा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

काठमाडौँ । संघीय निजामती सेवा ऐन तत्काल लागू गर्नुपर्ने मागसहित निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।

ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्दै ऐन यथाशीघ्र ल्याउन दबाब दिने उद्देश्यले नेपाल निजामती कर्मचारी युनियनको नेतृत्वमा धर्ना सुरु गरिएको नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले प्रशासनलाई जानकारी दिए।

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेसँगै कर्मचारीहरूले आफ्नो माग पूरा गराउन दबाबस्वरूप मन्त्रालयअगाडि धर्ना दिएका हुन्।

प्रतिक्रिया