काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको यात्राको केही घण्टाअघि मात्रै भारतले आफ्नो नयाँ संसद भवनमा देशको नयाँ भित्तैचित्र राख्यो ।
सो लगत्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायत नेपाली राजनीतिक वृत्तमा सो नक्साबारे स्पष्ट नभई भारत भ्रमणबारे पुनर्विचार गर्नुपर्ने धारणा मिश्रित रुपमा आए ।
नेपालका लुम्बिनी, कपिलवस्तुलगायत भूभाग समेटेको सो नक्सा भारतले हटाएपछि वा सोबारे स्पष्टीकरण दिएपछि मात्रै भारत भ्रमण गर्न उचित हुनेसम्मका दृष्टिकोण बाहिरिए । तर, प्रधानमन्त्री दाहालले यी कुनैलाई पनि वास्ता नगरी भारत भ्रमण गरी स्वदेश फर्किसकेका छन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको गेरु वस्त्रको पनि निकै चर्चा भयो । उज्जैन भ्रमणकै सन्दर्भलाई लिएर उनको राजनीतिक यात्रासँग जाडेर विवेचनासमेत भए । पूर्वप्रधानमन्त्री तथा उनकै पूर्व सहयात्री बाबुराम भट्टराईले प्रचण्डले गेरु वस्त्र लगाएर उज्जैन यात्रको तस्वीर सार्वजनिक गर्दै भनेका थिए, ‘हामी अब कता जाँदैछौँ ।’
बाबुराम भट्टराईले मात्रै नभएर यस विषयमा चौतर्फी विरोध भइरहेको थियो । तर, स्वदेश फर्किएसँगै प्रचण्डले आफू धर्मनिरपक्षताको पक्षमा रहेको बताउँदै आफू जुनसुकै धार्मिक स्थलमा गएको स्मरण गराउँदै भनेको थिए, ‘यदि म त्यहाँ नगएको भए अर्बौ भारतीयको मन दुख्थ्यो । तसर्थ म त्यहाँ गए ।’
उनको यस स्पष्टीकरणसँगै केही मथ्थर भएको छ । तर केही सन्देह भने नेपाली राजनीतिमा अझै बाँकी छ ।
नेपाली राजनीतिमा मात्रै नभएर प्रचण्डको उज्जैन यात्र र गेरु वस्त्रको चर्चा चीनमा पनि उत्तिकै स्थान पायो । चीनको सरकारी वेभसाइट ग्लोबल टाइमसले भनेको छ, ‘चीन र नेपालबीचको सम्बन्ध कमजोर पार्नका लागि भारतले कदम चालेको छ ।’







प्रतिक्रिया