काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्रको उपाधि लक्ष्य अंकगणितीय हिसाबले कमजोर बनेको छ ।
शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिससँग २–१ को हार बेहोरेपछि लक्ष्य उपाधि कमजोर बनेको हो ।
च्यासल मैदानमा २५ औं मिनेटमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा मछिन्द्रले अंक मात्र गुमाएन, शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँगको अंक दुरी घटाउने अवसर पनि चुकायो ।
ओलावाले अफिजले गरेको गोलबाट मछिन्द्र खेलको ७५औं मिनेटसम्म अघि थियो ।
पहिलो हाफमा खेल बराबरी बनाउन पाएका मौका पुलिसका खेलाडीको तालमेल नमिल्दा खेर गएको थियो ।








प्रतिक्रिया